जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ
प्रकासित मिति : २०७८ बैशाख २, बिहीबार १२:३३
प्रकासित समय : १२:३३
काठमाडौं,किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी काठमाडौँवाट प्रहरीले पक्राउ गरेको हो।
नागार्जुन नगरपालिका-६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।