खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

गलकोट,बागलुङमा शव फेला परेको छ। बुधबार दिउँसो जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा सव फेला परेको छ।

अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।

शवको पहिचान भएको छैन। शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ।