बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं,बागमती प्रदेशसभाको बैठक विहीबार बस्दै छ। बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले वताएको छ।प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले कार्यव्यवस्था परामर्श समितिबाट यसअघि तय गरेका कार्यसूची अनुसार बैठक बस्ने बताए।

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ। बैठक सन्चालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन्।प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन्।

सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन्।मापदण्डविनै विद्युतीय बस खरिद प्रकृया अगाडि बढाएर भ्रष्टाचारलाई प्रत्साहन गर्न खोजिएको उनीहरुको आरोप छ ।