गुल्मीमा जिप दुर्घटना

काठमाडौं,गुल्मीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप प्युठानमा दुर्घटना भएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।मृत्यु हुनेमा सूर्य पन्थी, ईश्वरी भण्डारी र अर्का एक कर्मचारी रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ।

स्वर्गद्वारी नगरपालिका ३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।