अब देशमा हिंसाको राजनीति छैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब कुनै पनि ‘हिंसाको अवलम्बन गर्ने समूह’ नरहेको बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै ‘हिंसाको माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्ने’ कुनै पनि समूह नरहेको बताएका हुन् ।
वर्ष २०७७ को उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनले ‘हिंसा अवलम्बन गरेको समूहलाई’ शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याइएकाले अब मुलुकमा हिंसा नहुने बताएका छन् । ‘गए वर्ष (२०७६) मा जसरी हामीले पृथकतावादलाई अन्त्य गर्दै राष्ट्रिय एकताको सुरुवात ग¥यौँ, यस वर्ष (२०७७) मा पनि हामीले राजनीतिक उपलब्धि प्राप्त ग¥यौँ’, उनले भने, ‘हिंसाको बाटो अवलम्बन गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा लिएर आएका छौँ । अब देशमा हिंसाको राजनीति छैन ।’
उनले अब मुलुकमा सबैले राजनीतिक उद्देश्य संविधानको अधिनमा रहेर र जनतालाई सार्वभौम ठानेर पूरा गर्ने बताए । प्रधानमन्त्री ओलीले वर्ष २०७७ मा केही राजनीतिक संकट देखा परे पनि समग्र उपलब्धिमूलक भएको बताएका हुन् ।