कोहलपुर मोडेल कलेजद्धारा नरैनापुरका आगलागी पिडितलाई राहत वितरण
प्रकासित मिति : २०७७ चैत्र ३१, मंगलवार २१:५३
प्रकासित समय : २१:५३
नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकाका आगलागी पिडितलाई कोहलपुर मोडेल कलेजले राहत बितरण गरेको छ।बाँकेको कोहलपुरमा अबस्थित उक्त कलेजले नरैनापुर गाउँपालिका वडा नं. १ सुइयामा भएको आगलागीबाट पिडित परिवारलाई राहत बितरण गरेको हो ।
कलेजका सन्चालक, कर्माचारी तथा विद्यार्थी सहितको एक टोलिले आगलागी पिडित परिवारलाई सम्बन्धित ठाउँमै गएर प्रतिपरिवारलाई चामल, दाल, तेल, लगायतको आवस्यक खाध्य सामग्री बितरण गरेको हो ।
उक्त कलेजका विद्यार्थी तथा कर्मचारीहरुबाट राहत पाउदा आगलागी बाट पिडित भएका परिवार भने उत्साहित भएका थिए ।