नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि

कोरोनाबाट थप ५ व्यक्तिको मृत्यु

काठमाडौँ,नेपालमा थप ५१७ जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५१७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ।पछिल्लो २४ घण्टामा १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार ३१८ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ५८ पुगेको छ। आज कोरोनाबाट थप ५ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ३६०८ रहेको छ।