विद्यालय बन्द गर्नेबारे छलफल सुरु

काठमाडौँ,नेपालमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र सरोकारवाला निकायबीच छलफल सुरु भएको छ।

संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सरोकारवालाहरुको राय लिने उद्देश्यले छलफल गर्न लागिएको मन्त्रालयले बताएको छ। छलफलमा विभिन्न शिक्षक संगठन, शिक्षाविद्, प्याव्सन, एनप्याव्सन, हिसान, सिटिइभिटी लगायत सरोकार निकायका प्रतिनिधि सहभागी छन्।

यसअघि नै उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तिमा ३ सातासम्म बन्द गर्न सरकारलाई सुझाब दिइसकेको छ।