नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ चैत्र २९, आईतवार १७:०८
प्रकासित समय : १७:०८
काठमाडौँ,नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ।पछिल्लो २४ घण्टामा १४१ जना कोरोना संक्रमणमुक्त भएका छन्।हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ४० पुगेको छ । आज कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ। नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा २९६१ रहेको छ।