नागार्जुनको जंगलमा आगलागी

काठमाडौं,काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।

आइतबार दिँउसो डढेलो लागेको निकुञ्ज कार्यालयले जनाएको छ।आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन्।

तीन वटा दमकलसहित करिब दुई सय जना आगो नियन्त्रणमा खटिएको निकुञ्ज कार्यालयले जनाएको छ।