निष्कर्ष विहिन तीन दलको बैठक
काठमाडौं,नयाँ सरकार गठन गर्नको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष टुङगीएको छ।देउवा निवास बुढानिलकण्ठमा आधा घण्टा चलेको छलफल विना निष्कर्ष सकिएको हो।
बैठकमा जसपाका नेताहरुले पार्टीमा छलफल गर्न समय मागेपछि अर्को बैठक छिट्टै बस्नेगरी सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन्।बैठकमा कांग्रेसबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मालगायत नेता सहभागी थिए।
माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी थिए । यस्तै, जसपाबाट नेताहरु महन्थ ठाकुर, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए ।