बेलायती रानीका श्रीमान् फिलिपको निधन

एजेन्सी,बेलायतकी रानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको निधन भएको छ।९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको शुक्रबार बकिङ्घम प्यालेसले वताएको छ।

LONDON – DECEMBER 1958: Prince Philip, Duke of Edinburgh poses for a portrait at home in Buckingham Palace in December 1958 in London, England. (Photo by Donald McKague/Michael Ochs Archives/Getty Images)

उनको शुक्रबार बिहान निधन भएको थियो।फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो। पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।

फिलिप र एलिजावेथका ४ छोराछोरी छन्। उनीहरूका ८ नाति-नातिनी र १० पनाति-पनातिनी छन्।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप्सको निधनमा दुस्ख व्यक्त गर्दै उनको अदभूत जीवन र कामका लागि राष्ट्रका तर्फबाट धन्यवाद दिएका छन्।