माहुतेको बाघको आक्रमणबाट मृत्यु
प्रकासित मिति : २०७७ चैत्र २३, सोमबार ०८:४९
प्रकासित समय : ०८:४९
बाँके,बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ।
घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।चौधरी गैंडा गणनामा खटिएका एकजना कर्मचारी हुन्।
गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा चौधरीलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको सोही दिन राति शव फेला परेको थियो ।