मुख्यमन्त्री पौडेलको पद सुरक्षित
काठमाडौँ,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन्।
गत पुस १० गते तत्कालीन नेकपाका प्रचण्ड-माधव पक्षका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित वाग्मती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।तर, सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताएपछि खनाल नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्तावबाट समर्थन फिर्ता लिएका हुन्।
खनाल-नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको जानकारी गराएकमा छन्।योसँगै मुख्यमन्त्री पौडेलको पद जोगिएको छ। बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ। कुल ११० सांसद रहेको प्रदेशसभामा नेकपा एमालेको मात्र ५७ जना सांसद् रहेका छन्।