यस्तो देखिन्थ्यो वाइसीएल बाँकेको होलि मिलन कार्यक्रम
प्रकासित मिति : २०७७ चैत्र १७, मंगलवार १९:४३
प्रकासित समय : १९:४३
नेपालगन्ज, योङ्ग कम्युनिस्ट लिग बाँकेले होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ।तराईमा विशेष गरेर मनाइने फागु पुर्णिमा अर्थात होलिको अवसर पारेर शुक्रबार डुडुवा गाउँपालिकाको मिलन चोकमा वाइसीएल बाँकेले होलि मिलन कार्यक्रम गरेका हुज ।
उक्त कार्यक्रममा बाइसिएल बाँकेका संयोजक आकाश कार्की, बाँके इन्चार्ज सुरज जागा, संगठनका पुर्ब जिल्ला उपाध्यक्ष जित शेष, मोहन वलि, रिजवान शेष, तिरथ चिडिमार लगायत स्थानीय पालिकामा जिम्मेवार नेताहरुको समेत उपस्थिति रहेको थियो ।
होलि मिलन कार्यक्रममा संगठनका नेता तथा कार्यकर्ताहरुले एकअर्का संग खुषि साटासाट गरेका छन् ।
तीन बर्ष पहिले माअोबादी केन्द्र र एमालेको एकिकरण पश्चात् बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)लाई सर्बोच्च अदालतले साबिककै पार्टीमा फर्काएपछि दुबै पार्टीहरु पुरानै अस्तित्वमा क्रियाशिल हुन थालेका छन् ।