होलीमा कुटपिट हुँदा एकजनाको मृत्यु

बारा,बाराको कलैयामा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। कुटपिटमा अन्य ६ जना घाइते समेत भएका छन्।

कलैया उपमहानगरपालिका २३ भथौडामा होली खेल्ने क्रममा झै झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको हो भने अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले वताएको छ।झै झगडा तथा कुटपिट हुँदा ६ जना घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्लाबाट र अस्थाई प्रहरी पोष्ट शिक्षाबाट खटिएको प्रहरीले गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

अन्य ६ जनालाई उपचारको लागि एनएमसि वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको छ।झै-झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।