निलम्बनपछि खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
प्रकासित मिति : २०७७ चैत्र १७, मंगलवार १०:३७
प्रकासित समय : १०:३७
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक वस्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौँको एक होटलमा बैठक बस्ने स्रोतले जनाएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा आगामी रणनीति बनाउन नेताहरुसँग छलफल गर्न बैठक बोलाइएको बताइएको छ।
खनाल-नेपाल पक्षले जिल्लाहरूमा समानान्तर कमिटी बनाउने रणनीति बनाएको छ। गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल नेपाल पक्ष रुष्ट बनेको छ।