मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन
प्रकासित मिति : २०७७ चैत्र १७, मंगलवार ११:१८
प्रकासित समय : ११:१८
धनगढी,कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको मृत्यु भएको छ।
रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।
लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो।