बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

बर्दिया,बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। गेरुवा गाउँपालिका–१ जनकनगरका ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

थारुलाई सोमबार बिहान घरदेखि करिब तीन सय मिटर टाढा खेतमा पानी लगाउन गएको समयमा बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ।बाघले आक्रमण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा गएको पाँच जनाको टोलीले थारुको उद्धार गरी नेपालगंज पठाइएको प्रहरीले जनाएको छ।

थारुको टाउको, गर्दन र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।