हात्तीको आक्रमणबाट एकको मृत्यु
प्रकासित मिति : २०७७ चैत्र १५, आईतवार १७:३३
प्रकासित समय : १७:३३
सिन्धुली, सिन्धुलीको दुधौली नगरपालिका-३ स्थित कालिपानीमा जंंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेको प्रहरीले जनाएको छ । गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको हो ।
हात्ती बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।