बाबुद्वारा बलात्कृत किशोरीले जन्माइन् छोरा
प्रकासित मिति : २०७७ चैत्र १५, आईतवार १२:१९
प्रकासित समय : १२:१९
गुल्मी, गुल्मीमा आफ्नै बाबुबाट बलात्कृत भई गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छिन् ।बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको तथ्य घटना भर्खरै बाहिरिएको हो ।
पीडित बालिकाकै आमाले दिएको जाहेरीका अनुसार प्रहरीले बलात्कारमा संलग्न पितालाई शुक्रबार नियन्त्रणमा लिएको छ । आइतबार पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष नारायण बराल (सुनार) ले पहल गरिरहेका छन् ।