२४ घण्टामा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ , पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको जम्मा संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ ।

२४ घण्टामा २ हजार ७४५ पीसीआर परीक्षण गरिएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८८ रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ ।