जीवनको भिख माग्ने अन्तिम बिन्दू होअस्पताल

यसो घोत्लीन्छु सोचेझैँ रहेनछ जिन्दगी भने झैँ कहिलेकाँही जिन्दगी सोचको आयतनबाट फुत्किन्छ । सपनाहरुको चंगुलबाट टाढिन्छ पर पर पुग्छ । अझ त अस्पतालको बेडमा अल्झिएको जिन्दगी अप्ठयारो भिरमा झुण्डीएको फर्सी संभवत उस्तै उस्तै हुन ।
बिरामी कुरुवा मान्छे चिन्न त कुरै छोडौ आँखा खोल्न पनि नसक्ने बिरामीलाई काटिएको डोकोमा बोकेर दुर्गम गाउँबाट ल्याई सहरका विभिन्न अस्पताल नपुग्ने कमै मात्र होलान ।

बिकट क्षेत्रका मानिसहरूको जीवन लाग्छ अन्त्यिहन संकट हो ।  बिकट क्षेत्रका हजारौ गाउलेहरुको पीडा या बाध्यता यस्तै होला जस्तो कि सयौ कोश टाढाबाट च्यात्तिएको डोको वा स्टेचर नपाएर काठको चौफाल बनाई जति टाढा भए पनि अस्पताल पुर्याउने । सरकार समृद्भ नेपालको कल्पना गरिरहदा ग्रामिण भेकका मान्छेको जीवन स्तर निक्कै सास्तीपुर्ण छ । त्यसलाइ संबोधन गर्ने भन्दा पनि भोट खरिदका लागि प्रयोग गरिन्छ । 

लाग्छ अस्पताल पनि सयौ मान्छेहरुले मृत्युुसङ्ग लडेर जिवनको भिख माग्ने एक भिक्षा शाला नै हो । जहाँ विभिन्न बेडहरुमा आ आफ्नै जिन्दगीको भिख माग्ने बुढा बुवा अदबैसे दिदी दुई वटा न्युमोनिया भएका भर्खर जन्मेका बालक, एउटि लगभग ज्ञद्दरज्ञघ बर्षकि टाईफाईड भएकी बहिनी सबै जनाले आ९आफ्नो जिन्दगीको भिख मागी मागेकै छैन र आ९आफ्नो जिन्दगी सबैलाई प्यारो पनि हुन्छ।

तर१त्यि सबै बिरामिको कुरुवा१ कोहि फेसबुक चलाएर बस्छन कोहि लुडो खेलेर,कोहि बाहिर र भित्र मात्रै गर्ने पनि छन, तर  म।  लोकसेवा आयोगको परिक्षा भोलि नै होला झै गरेर आत्तिएको छु कुहिरोमा हराएको काग झै भएको छु कुवा भित्रको भ्यागुतो झै भएको छु । बन्दुक उठाएर थाकेको र आज न्याय नपाएको कमरेड जस्तै भएको छु,हिजो अधिकारका लागि हतियार उठाउदा ज्यान गुमाएका कयौ सहिद परिवारका आमा हरु क प्रचन्डले न्याय दिलाउने दिन गन्दा गन्दै थाकेकी आमाहरु जस्तै थाकेको छु ।अझ भनौ काठमान्डौमा गाउलेले आफन्त खोज्दा बिच सडकमा कहिल्यै नउठ्ने गरि थकान मारेको झै थाकेको छु निशब्द छु। के बिरामी कुरुवा लामखुट्टेहरुसङ्ग लडाई गर्न आएको होला त रु  कि चाहिँ बेन्चमा फौजी जस्तै गति सतर्क बस्नलाईरु यी याबत कुराहरु सङ्ग सामना गर्दै एक अस्पताल सङ्ग प्रेम पनि हुन लागि सकेको छ मन नपरे पनि उसैको साथमा हुनुपर्ने उसैको सामिप्यतामा हुनुपर्ने, उसैको इसारामा चल्नु पर्ने उसैको निस्चित दायरा भित्र चल्नु पर्ने । लाग्छ बिरामी कुर्नु एक अनुसासित सिपाईले नियम पुर्बक पिरेड खेल्नु नै रैछ।

बहुत समय भैसक्यो अस्पताल सङ्ग माया बसेको ,आत्मियता साटासाट गर्न थालेको सम्झिन्छु के अस्पतालकै सामिप्यतामा लडिहरनु पर्ने हो रु भन्छन अस्पतालले मान्छेलाई नया जीवन दिन्छ जहाँ हजारौ जनताको जीवन बचाउनकै लागि लाखौ र करोडौ खर्च गरेर डा।नर्स पढेका मान्छेहरु जुन्छन जस्को मेहनत, परिश्रम,प्रयास बापत बिरामिलाईलाई पुनर्जीवन दिन्छन त कोहि सधैका लागि सक्किएर जान्छन ।