संसद् बैठक केही दिनमै अन्त्य : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चालु संसद् अधिवेशन केही दिनमा नै अन्त्य हुने बताएका छन् ।

आज (शुक्रबार) बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले वैशाखबाट वर्खे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएकाले यो अधिवेशन छिट्टै अन्त्य गर्ने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

‘केही समयपछि चालु संसद् अन्त्य हुन्छ र वैशाखबाट वर्खे अधिवेशन प्रारम्भ गर्छौं भन्नुभयो’, भट्टराईले भने । बैठकमा ओलीले बजेटका विषयमा सांसदहरुसँग सुझाव मागेको उनले बताए ।