नेपालमा थप १२० जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ चैत्र १२, बिहीबार १७:१८
प्रकासित समय : १७:१८
काठमाडौँ,नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्।हालसम्म २ लाख ७२ हजार २७२ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार २० पुगेको छ। आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२१८ रहेको छ।