ओछ्यानसहित झा दम्पत्तीको शव फेला

काठमाडौं,महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन्।

महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको हो।गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवी बेपत्ता भएका थिए।

केहि दिनअघि मात्र प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर छन्।