रेशम चौधरीले लेखे कारागारबाटै गीत(गित सहित)
काठमाडौं,कैलालीको टीकापुर काण्डमा जन्म कैद सजाय तोकिएका निलम्बित सांसद रेशम चौधरीले नेताहरुलाई मिल्न आग्रह गर्दै कारागारबाटै गीत लेखेका छन्।काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले गीत लेखेका हुन्।
उनको गीतको शीर्षक–को हो नेपाली रु राखेर नेताहरूलाई मिल्न अनुरोध पनि गरेका छन्।अहिले जसपा र सरकारबीच सत्ता सहकार्यका लागि छलफल भइरहेको छ।प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीचको छलफल सहमति नजिक पुग्न लागेको बताइएको छ । सत्ता सहकार्यका लागि जसपाले निलम्बित सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका माग राखेको छ।
रेशम चौधरीको रिहाइका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बताइएको छ।तर जसपा सरकारमा जाने विषयमा नेताहरुबीच दुई धार देखिएको छ। जसपा नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उपेन्द्र यादव ओली सरकार प्रतिगामी भएका कारण सत्ता सहकार्य गरेर सरकारमा जान नहुने बताइरहेका छन्।
यस्तो छ गित