डेढ वर्षपछी करमोहना गुठि रैथाने जग्गा फुकुवा

बाँके,जानकी गाउँपालिका वडा न ३ करमोहना गाउँको ८४ बिघा जग्गा करिब डेढ बर्षपछी बाँके जिल्लाको समन्वयमा गुठि रैथाने जग्गा फुकुवा भएको छ।२०७७/१२/१० गते जिल्ला प्रशासन कार्यालय बाँकेमा करमोहना गुठि रैथाने नम्बरी जग्गा संघर्ष समिती बाँके,मालपोत कार्यालयका प्रमुख,नापि कार्यालयका प्रमुख,जिल्ला प्रहरी कार्यालय वाँकेका प्रमुख लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा बैठक बसि फुकुवा गरेको हो।

नेपाल सरकार,मन्त्री परिषद् र गूठी आयोगबाट रोक्का नरहेको खण्डमा बाँकेका प्रमुख जिल्ला अधिकारीले करमोहना गुठि रैथाने जग्गा तुरुन्त फुकुवा गर्नुस् भनि लिखित निर्देशन मालपोत कार्यालय बाँकेलाई दिए लगतै फुकुवा भएको स्थानियले वताएका छन्।करमोहना गुठि रैथाने जग्गा फुकुवा भएपछी स्थानीय वासिन्दाहरु हर्षित हुँदै गाउँको चोकमा दीपप्रज्वलन समेत गरेका छन्।

डेढ वर्षअघि स्थानीयहरुले कर्मोनाबाट दिनाहुँ दिन विरोध र्‍याली निकालेर वीपीचोक हुँदै जिल्ला प्रशासन, मालपोत कार्यालय, गणेशमान चोक,बीपी चोक पुगेर चक्काजाम गरी टाएर बालेर प्रदर्शन गरेका थिए।१९३३ देखि हालसम्म तत्कालीन सरकारले तोकेको तिरो तिर्दै, जग्गा जोतभाग गर्दै उक्त जग्गाको भोगचलन गर्दै आइरहेको जग्गाधनीहरुले वल्ल सुखको अनुभुति गरेका छन्।