बस र टिप्पर एक आपसमा ठोक्किदा पाँच जना घाइते

नेपालगञ्ज, कोहलपुर सडक खण्डको गनापुरमा बस र टिप्पर ठोक्किएका छन् । कोहलपुरबाट नेपालगञ्जतर्फ भइरहेको भे १ क १४९९ नम्बरको टिप्पर सोही दिशातर्फ भइरहेको ना ६ ख ७८८२ नम्बरको यात्रुबहाक बस पौने ९ बजे गनापुर नजिकै ठोक्किएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

दुर्घटनामा परेर बसमा सवार पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पश्चिमतर्फको पेट्रोल पम्पमा तेल भर्न जाने क्रममा टिप्पर बाटो काट्दा पछाडीबाट आइरहेको बस टिप्परमा ठोक्किन पुगेको थियो । टिप्परले पछाडी नहेरी बाटो काट्न खोज्दा दुर्घटना भएको स्थानीयहरुले बताएका छन् । दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।