सुर्खेत उपत्यकामा खानेपानिको हाहाकार
सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खानेपानिको हाहाकार मच्चिएको छ। खडेरीका कारण पानिको मुहान सुक्दै गएर उपत्यकामा हाहाकार मच्चिएको हो।
वीरेन्द्रनगर नगरपालिकाको १३ वटा वडामा खानेपानि वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानि उपभोक्ता संस्थाका कार्यलय प्रमुख डम्वर वहादुर गौतमका अनुसार ४८ घण्टाको एकपटक उपभोक्ताको घरमा पानि पुर्याउदै आएको र यो पनि अवको समयमा परिवर्तण भएर वढ्न सक्ने वताए।
गौतमका अनुसार उपत्यकाको माग प्रति सेकेण्ड २८० लिटर रहेको र खानेपानि मुहानवाट जम्मा प्रति सेकेण्ड ९० लिटरमात्र आउने वताए।झुप्राखोला,खरीवारी खोला,ईत्राम खोला,खोर्के खोला र वुलवुलेको पानि सवै जम्मा गरेर यतिमात्र भएको उनको दावि रहेको थियो।अव केहि समय पश्चात दुन्दुरे खोलाको २० लिटर थप्ने काम तिर्वरुपमा भईरहेको वताउदै सो पानि थपिए अलि राहत हुने जानकारी दिए।
खानेपानि उपभोक्ता संस्थाको कार्यलयमा दैनिक सयौँको संख्यामा सेवाग्राही गुनासो लिएर आउने गरेको वताउदै भेरीको पानि लिफ्टको माध्यमवाट भ्यालिमा नल्याए यस्तै समस्या रहिरहने जिकिर गरे।वषौँदेखि सुर्खेत उपत्यकाले खानेपानिको समस्या चरमरुपमा भोक्दै आएको छ। सम्वन्धित सरोकारवालाको ध्यान छिट्टो जाओस् ।