नेपालमा थप १८८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १८८ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भएका छन्।अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १९ पुगेको छ।आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ।नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११२८ रहेको छ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको छ। प्राय हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्ने नेपालमा दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको तथ्यांकमा उल्लेख छ।