आज पनि सुनको मूल्यमा गिरावट

काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी सुनको मूल्य तोलाको ८६ हजार २५० रुपैयाँ‍ रहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।