माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
प्रकासित मिति : २०७७ चैत्र ९, सोमबार १७:५८
प्रकासित समय : १७:५८
काठमाडौं,नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी तय गरिएको हो।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।