मंगलबार प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,मंगलबार प्रतिनिधि सभा बैठक बस्ने भएको छ।बैठक दिउँसो एक बजे संसद् भवन वानेश्‍वरमा बोलाइएको छ।

मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन्।

संघीय संसद् सचिवालयनिकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।