काँग्रेस पदाधिकारी बैठक जारी
प्रकासित मिति : २०७७ चैत्र ९, सोमबार १७:०४
प्रकासित समय : १७:०४
काठमाडौं,नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक जारी रहेको छ । पार्टी कार्यालय सानेपामा ४ बजेबाट बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन्।
आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल हुने बताइएको छ । मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै छलफल गर्न लागिएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन दबाबमा परेको कांग्रेसले सरकारको विषयमा स्पष्ट धारणा बनाउने ती नेताले जानकारी दिए।