हाम्रा पार्टीका नेता कार्यकर्ता कहिले छुट्छन्ः विप्लव
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
सोमबार ओलीलाई भेट्न विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।भेटमा विप्लवले सरकारसँग भएको सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न आग्रह गरेको विप्लवसँगै बालुवाटार पुगेका एक नेताले जानकारी दिए।विप्लवले रिहा नभएका आफ्ना पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरेको ती नेताले बताए।
विप्लव समूह र सरकारबीच गत फागुन २० गते भएको सहमतिमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो । तर, विप्लव समूहका केही नेताहरु जेलबाट छुटे पनि अधिकांश छुटेका छैनन्।विप्लवको उक्त आग्रहमा प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया जारी रहेकोले केही समय लाग्ने जवाफ दिएको ती नेताले जानकारी दिएका छन्।