सेडा कलेजको मनोमानिविरुद्ध विद्यार्थी आन्दोलित

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको एजुकेशन डेभलपमेन्ट एकेडेमी प्रा लि(सेडा)कलेजले आफुखुसी शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।कलेज प्रशासनले विभिन्‍न बहानामा चर्को शुल्क असुलेको उनीहरुको आरोप रहेको छ।विद्यार्थीहरुले सोमबार दिउँसो कलेज परिसरमा टाएर बालेर प्रर्दशन गरेका छन्।

कलेज प्रशासनले विधार्थीसँग अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को शुल्क उठाएको एचए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रेम रेग्मीले बताएका छन्।‘अतिरिक्त क्रियाकलापको नाममा कलेजले बार्षीकरुपमा एउटा विद्यार्थीबाट शुल्क बाहेक २२ हजार रुपौंया उठाउँदै आएको छ लाइब्रेरीमा सबै पुराना किताब राखिएको छ ल्याबमा केमिकल छैन आन्दोलित विद्यार्थी रेग्मीले भने अतिरिक्त क्रियाकलाप कस्तो हुन्छ, हामीले आजसम्म देख्न पाएका छैनौं, कुनै माग राखेर प्रशासनमा जाँदा प्राक्टिकल नम्बर काटिन्छ।’

पछिल्लो समय कलेजले कारोना शुल्कका नाममा एकजना विद्यार्थीबाट १५ हजार रुपौंया उठाएको छ । तर, म्याद सकिएको सेनीटाइजर कक्षा कोठामा राखिएको एचए पहिलो वर्षमा अध्यनरत विद्यार्थी जयन्ती शाहीले बताइन्।‘कलेजले पहिलेदेखि नै अतिरिक्त शुल्कका नाममा मनोमानी रुपमा पैसा उठाउँदै आएको थियो,उनले भनिन्,हुँदा–हुँदा अहिले त कारोना शुल्क भनेर १५ हजार असुलेको छ कक्षा कोठामा सेनिटाइजर छैन्,हात धुने राम्रो साबुन पानीको समेत व्यवस्था छैन, महिला विद्यार्थीका लागि प्याडको समेत राखिएको छनै।’

कलेज प्रशासनलाई विद्यार्थी र अभिभावकले तोकिए भन्दा बढी शुल्क नलिन बारम्बार आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताए।यसका साथै उनीहरुले अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न माग गरेका छन् । शुल्क फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।यसबारे कलेजका अध्यक्ष डिलाराम भण्डारीसँग बुझन खोज्दा उनको फोन उठेन।