नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्किदैँ ट्रम्प

एजेन्सी,अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्कने तयारी गरेका छन्।अमेरिकी संसद्माथि हमला गर्न उक्साएको अभियोगपछि गएको जनवरीमा फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए। सो घटनामा पाँचजनाको मृत्यु भएको थियो भने त्यसले अमेरिकी लोकतन्त्रको जग नै हल्लाइदिएको थियो।

त्यसको केही दिनपश्चात् ट्वीटरले ट्रम्पको व्यक्तिगत अकाउन्टलाई थप हिंसा भड्काउने जोखिमका कारण सधैँका लागि हटाइदिने निर्णय गरेको थियो।तर, हालै ट्रम्पका सल्लाहकारले उनी आफ्नै नयाँ प्लेटफर्मसहित सामाजिक सञ्जालमा फर्कन लागेको खुलासा गरेका हुन् ।

‘मलाई लाग्छ कि, हामीले राष्ट्रपति ट्रम्पलाई सामाजिक सञ्जालमा दुई वा तीन महिनामा फर्किएको देख्नेछौं सल्लाहकार जेसन मिलरले भने, त्यो प्लेटफर्म सामाजिक सञ्जालकै सबैभन्दा हटेस्ट टिकट हुनेछ।उक्त प्लेटफर्म सामाजिक सञ्जालहरुमध्येको सबैभन्दा चर्चित हुनेछ र सोसल मिडियाको दुनियाँलाई नै बदलिदिने मिलरको दाबी छ।