स्पष्टीकरण मागेपछि नेपाल-खनाल पक्ष छलफलमा
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष नयाँ रणनीति बनाउन आन्तरिक छलफलमा रहेका छन्।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले शक्ति आफूमा केन्द्रित गरेर स्पष्टीकरण सोधेपछि खनाल-नेपाल पक्ष अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि आजै बैठक बस्ने तयारी भ्एको स्रोतले बताएको छ।यद्यपी बैठक कुन ठाउँमा कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेको छैन।
गत शनिबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका छन्।पार्टी केन्द्रीय कार्यालयका कर्मचारीले चारै नेताका घरमा खामबन्दी स्पष्टीकरणपत्र पुर्याइसकेका छन्।पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको आरोप लागेका उनीहरुलाई तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।