हात छाडेर मोटरसाइकल कुदाउँदा एक जनाको मृत्यु

सप्तरी,सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। एक जना गम्भिर घाइते भएका छन्।

सोमबार राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक भएको दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका ४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु भएको प्रहरीले वताएको छ।पछाडि सवार सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्डल गम्भीर घाइते भएका छन्।

राजविराजबाट हनुमाननगरतर्फ जाँदै गर्दा विवेकले हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रहरीको भनाई रहेको छ।घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा ज्यान गएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । कौशलको टाउको र छातीमा चोट लागेको छ।