नेपालसहित ४ नेतालाई ओली समुहले माग्यो स्पष्टीकरण

काठमाडौँ,नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ।शनिबार बसेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हो।

पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याएको बताइएको छ। स्वकीय सचिवहरूमार्फत् खामबन्दी स्पष्टीकरणपत्र पत्र थमाइएको हो।यस्तै, घनश्याम भुसालको मोबाइल स्वीच अफ र अर्का नेता रावलले भने स्पष्टीकरणपत्र बुझ्न अश्वीकार गरेपछि लेटर बक्समा पत्र राखिएको बताइएको छ।पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको ओली समूहको भनाई छ।

स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ।गत फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको नेपाल पक्षले समानान्तर कमिटी गठन गरेर ललितपुरमा २ दिने राष्ट्रिय कार्यकर्ता भेला गरेका थियो।