जाजरकोटमा कृषि शाखाद्धारा क्लवलाई सामाग्री हस्तान्तरण
प्रकासित मिति : २०७७ चैत्र ९, सोमबार १३:०९
प्रकासित समय : १३:०९
जाजरकोट,जाजरकोटको नलगाढ नगरपालिकामा (रुखबिरुवा बचाउँ आफु बचौँ अरुलाइ बचाउँ) भन्ने मुल उदेश्यका साथ आवस्यक सामग्री हस्तान्तरण गरिएको छ।
२०७७/१२/६ गतेका दिन कृषि बिकास शाखा दल्ली जाजरकोटका प्रमुख श्री बालकृष्ण आचार्यले उक्त आवश्यक पर्ने सामाग्री त्रिबेणि युवा क्लबलाई हस्तान्तरण गरेका छन्।युवा क्लवका उपाध्यक्ष यात्रा शाही ठकुरीका अनुसार सो सामाग्रीलाई उचित कार्यमा चाडैनै लगाएर अघि वढ्ने वताए।साथै अझैपनि यस क्लवले विभिन्न सामाजिक काम गर्ने र गर्दै आएकाले भरपुर साथ सहयोग गरिदिन अनुरोध समेत गरेका थिए।
हस्तान्तरण कार्यक्रममा नेपाल आर्मी चन्दननाथ गणका क्याप्टेन श्री दिप बहादुर थापा,क्लवका सदस्य तथा स्थानिय वासीको वाक्लो उपस्थिती रहेको थियो।त्रिबेणि युवा क्लबले अभाव र भौवोलिक विगटतालाई समेत वास्ता नगरी विगत लामो समयदेखि सामाजिक कार्य गर्दै आएको छ।