कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।

सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीको समेत उपस्थिति रहनेछ।बैठकमा १४औँ महाधिवेशन र देशको पछिल्लो राजनीतिबारे छलफल हुने बताइएको छ। सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्र रुपमा पूर्ववत् पार्टीमा फर्किएपछि नयाँ सत्तासमीकरणका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिँदै आएको छ भने सभापति देउवा मौन छन्।

बैठकबाट साझा धारणा बनाएर अघि बढ्ने बताइएको छ ।