विकासका पहरेधार वडा अध्यक्ष शाही

म वाजुरा जगन्नाथ गाउँपालिका वडा नं ५ को रैथान हुँ । म मेरो कर्तव्य र स्वाधीनताप्रति निष्ठावान रहेको छु। म पहिले साविक को गोत्री गा बि स को रितिरिवाज,समाज,भौगलिक अबस्था, बिकास निकासलाई राम्रोसंग देखेको र सुनेको पनि छु। अनि प्रत्यक्ष भोगेको पनि छु। हो मेरो गोत्री अहिलेको जगन्नाथ गाउँपालिका वडा नं ५ को कुनै राम्रो कर्मचारी आउन चाहेमा पहिले सोध्ने गर्छन। भुगोल कस्तो छ ? अनि समुदाय कस्तो छ ? सेवा सुविधा कस्तो छ रु सडक देखि कति दिन हिड्नु पर्छ ? अनि बर्सेनि भोग मरिको चपेटाले कतिको सताउछ ? यस्तै यस्तै विभिन्न खालका प्रश्न चलाउछन्।अनि अन्तिम मा बरु जागिर नखाने त्यहाँ चाहिँ नजाने भनेर दृढ गर्छन्।

हो यहि हो मेरो समुदायका वास्तविक पीडा केलाउ भने हजारौं हजार शब्दले केलाउन सकिन्छ। के गर्नु एक भौगलिक अवस्थाले ठगेको अर्को राज्यबाटै नै तेस्रो सौतेनी बनेको मेरो जन्म भुमिका अथक पीडा छन्।त्यहि पिडालाई निर्मुल पार्नु संघिय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारका जनप्रतिनिधिहरुको काँधमा रहेको।अथक पीडा,कष्टकर भारी हजारौं हजार कुईन्टलको भारि जुन भारी सेकेन्ड भरमै तिग्रा कमाउने त्यहि भारिलाई उजागर गर्ने जिम्मा सुम्पेका हामी जनता को आशा भरोसालाई भबिस्यबाणी गर्दै रातदिन लक्ष्यका सुनौला सपना देख्दै हिडे्का जनप्रतिनिधिले जगन्नाथको भुगोलले चाहे भन्दा बडि सुनौला सपनाको बिकासमा सफलता मिलेकै छ।जनता को आश त हो काठमाडौं सरह दैलोमा देख्छन् लोकतन्त्रले सिहंदरबार गाउँ गाउँ पो दिएको हो काठमाडौं सहर त होईन नी त्यसैले पो मान्छे जन्मदा रुदै जन्म लिन्छ मार्दा मुखमा दाग बत्ति बाल्छ हो।जति दिदाँ लाउदा देखाउदा पुग्दैन मानव चोलालाई आखिरमा जुन शिक्षित युवा प्रत्यक्ष समुदायलाई निहालेर विभिन्न मिडिया विभिन्न अनलान खबर फेसबुक संजालमा जुन उठेका बिभादित शब्द र तर्कलाई एैना मा मुहार झल्के झै परिवर्तनका पाईला बडेका छन्।

खास गरि वडा नं ५ का अध्यक्ष प्रकाश शाही रहेका छन्।उहाँले चालेका हरकदम पालिका सरकारले समेत जयजयकार गरेका छ। यदि उहाँ सेवक हुनुहुन्थ्यो।भने वडा सरकारलाई यातायातको सुबिधा दिएको छ।खोइ उहाँ प्रयोग गर्नु भको बसलाई पहिले देख्दा ढोक गर्नु पर्छ रे भन्ने सोचका मान्छेले स्वयम् आफुले नै आफ्नो खेत बारिमा हाते ट्याक्टर चलाउन पाएका छन्।पहिलेको गोत्री या ईतिहासका किसानहरुले खेति वारिलाई फलाउन फुलाउन चैत्र बाटै आसरको महसुुस गर्थे अहिले त्यो बिडम्वना खोइ कता बिर्से।अनि बनपाखा खोला नाला पाटिपौवा सबैको संरक्षण भएको छ।पानी खानाको लागि घण्टा घण्टा लाईन बस्ने सपना बनेका छन्।

शाहि कै नेतुत्व मा एक घर एक धारा बनेका छन्।सामान्य ठाउको दुखेमा सिटामल नपाउने ठाउँ मा स्वास्थे चौकिको ब्यबस्थापन साथै सिटामल नपायर जीवन गुमाउने कथा सुन्ने ठाउँ मा प्रयाप्त मात्रामा औँषधी वडा वडा मा उपलब्ध भएको छ। सडक भन्ने केहो?स्वास्थ्य भनेको केहो ? बिध्यालयको नाममा टिन र खरको छानो भएको ठाउँ मा पक्कि भोवन बनेका छन्। साडे तिन बर्ष नवित्दै स्थानीय सरकार ले प्रत्येक वडामा चालेका हरेक कदम बिकासका कृयासिलता सुजनसिलता प्रत्येक बिकास निकास लाई स्थानीय सरकार संग सहकार्य बढाउदै जगन्नाथ का छ वटा वडा मध्ये वडा नं ५ ले मिसन को डोरेठो डोर्‍याएर अगाडि बडेको छ। नीति तथा कार्यक्रम गोत्रीको भबिस्य निर्माण हुने गरि आएका छन्।अब समुदायको आशा मात्र पलायन समाज सेवामा थप हौसला बढेको छ। जोस र जांगर देखिन्छ र भिजन सहितको कार्ययोजना छ आज बिकासले कोल्टे फेरेको देख्न पाएका छौ।

उकालो देखे तिग्रा काप्ने ठाउँमा गाडि चलेका छन्।समाजमा नयाँ मान्छे आए डरउने लजाउने हिचकिचाउने समाजका दिदी बहिनी समाज मा भेला अनि सहकार्य गर्ने क्ष्यामता को बृद्वि बिकास भएको छ । सामज मा काम गर्न जाँदा दलित,सार्की,कामी, आदि छोएर आउँदा जुन माथिल्लो बंशका मान्छे बेलुका घर आउदा सुनपानी छर्कने प्रथा हटेको छ। ठाउँ ठाउँमा सिचाइ का नहर बनेका छन् घरघरमा बिद्वत झलमल बनेको छ। भौतिक संरचनामा पनि ठुलो परिवर्तन आएको छ। आज देश भरिका छ हजार छ सय असी वडा अध्यक्ष को नमुना बन्ने प्रयत्न छ।सम्पूर्ण जनप्रतिनिधिको लागि अध्यक्ष शाही नमुना मात्रै होईन पाठशाला बन्नु भएको छ।आज गोत्री को बस्तुस्थित निहाल्ने हो भने अध्यक्ष शाही को दखलता केलाउने हो भने गोत्री यो ठाउँ सम्म पुर्‍याउने सयौं नेतृत्व संग लागे पनि सम्भव थिएन अझै कार्य भार पूरा गर्न पनि सम्भव देखिदैन बाँकी पूरा गर्न शाही कै नेतृत्व रहनु पर्छ यो गोत्रीको आबश्यकता हो शाही विना गोत्री निर्माण असम्भव छ।

र कसैले परिकल्पना गरेछ भने त्यो भन्दा अर्को ठुलो भुल केही हुनेवाला छैन। मैल नजिकबाट बुझेका शाहीमा कतै लोभ छ न कतै लालसो नत कतै डर छ । नत कसैसँग त्रास झारपातलाई पनि महमा परिणत गर्ने सक्ने लगन छ। विलक्षण सोभावका नेता हुन्। शाही गोत्री जनता ले चुन्न जानेकै छौ ।भुमिले मागेको एक कुशल नेतृत्व हो अझै समयमै बुझेर चिनेर हात मा हात काँध मा काँध जोडेर जानू गोत्रीको आवश्कता छ।गोत्री का नेता मात्रै नभएर भबिष्य पनि हुन्।शाही बिना गोत्रीका बिकाश यात्रा रनभुल पर्ने छन् यात्रा अपुरो हुनेछ। विगत तिर फर्किन्छ गोत्री आजको गौरव गर्ने गोत्री रहदैन।