राष्ट्रपतिको कार्यसम्पादन उपराष्ट्रपतिबाट हुने
प्रकासित मिति : २०७७ चैत्र ९, सोमबार १२:३९
प्रकासित समय : १२:३९
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पादन हुने कार्य अब उपराष्ट्रपति नन्दबहादुर पुनले सम्हाल्ने भएका छन्।
राष्ट्रपति भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति पुनबाट सम्पादन हुने भएको भएको हो।
राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसकेकी छन्।