अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवस दिवसमै सिमित
सुर्खेत,५६ औँ अन्तर्राष्ट्रिय जातिय उन्मूलन दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ।आईतवार कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा पनि तामझामका साथ ५६ औँ अन्तर्राष्ट्रिय जातिय उन्मूलन दिवस मनाइएको थियो।दलित समुदायका व्यक्तिहरु,सरकारी कार्यालयका कर्मचारीहरु तथा जातिय विभेद उन्मूलनको पक्षमा काम गर्ने संघ संस्थाको उपस्थितीमा वीरेन्द्रनगरमा र्याली समेत निकालिएको थियो।
सो कार्यक्रममा अधिकांस गैरदलित समुदायका स्थानियहरुको उपस्थिती रहेको थियो।जस्तै सुनार,वादी,सार्कि आदी समुदायका मानिसहरुको अनुहार वाक्लो देखिन्थ्यो।एकै स्वरमा उनिहरुले दलितले पनि गैर दलितमाथी विभेत गरेको गुनासो सुनाए।समाजमा जातिय विभेद व्याप्त रहेकोले यसको जिम्मा राज्यले लिनुपर्ने उनिहरुको तर्क रहेको थियो। विभेदकारी समाज कहिले उन्मूलन हुने अर्को तर्क थियो।कार्यक्रममा आफ्नो तर्क वीरेन्द्रनगरकी वाडुली सुनारले यसरी राखिन्।
जातिय उन्मूलनको कुरा आफुलाई केहिपनि थाहा नभएको।र हामिहरु कहिलेसम्म समाजमा अपहेलित भएर वस्ने ?अनि दलितको कोटावाट राजनिती गरिरहेका नेता तथा जनप्रतिनिधीले पनि गम्भिर भएर नसोचेको विलौना गरिन्।अर्का लाल वहादुर सुनारले पनि उहि कुरा दोहोर्याउदै जातिय उन्मूलनको जिम्मा राज्यको भएकोले राज्यले संवेदनसिल भएर लाग्नुपर्ने भन्दै जातिय भेदभाव गर्ने जो कोहिलाई सरकारी सेवा सुविधावाट वंन्चित गरिनुपर्ने वताए।
यसो नगरिए छुवाछुत कहिले उन्मूलन नहुने जिकिर गरे।वादी समुदायका माग वोकेर आन्दोलनमा गएकी तारा वादी भन्छिन सरकारले आफुहरुलाई त झन फुटेको आँखाले नहेरेको भन्दै कर्णाली प्रदेशमा दलितको जनसंख्या ठुलो संख्यामा रहेको हुदा कर्णाली सरकारले त अझ गम्भिर भएर सोच्नुपर्ने वताइन्।कार्यक्रममा प्रदेश सांसद सिता नेपाली,सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवी रिजाल,वीरेन्द्रनगर नगरपालिकाकी उप प्रमुख मोहनमाया ढकाल लगायतको उपस्थिती रहेको थियो।