पचालझरना गाउँपालिका गरिव विद्यार्थीको सहारा वन्दै
सुर्खेत,कालिकोटको पचालझरना गाउँपालिकाले गरिव विद्यार्थी लक्षित कार्यक्रमको सुरुवात गरेको छ। सनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सुनौलो भविश्य वोकेका युवा युवतीसंग अध्यक्ष कार्यक्रमको सुरुवात गरेको हो।
गाउँपालिका भित्र वसोवास गर्ने अति विपन्न,गरिव परिवारका लोकसेवा आयोगको तयारी गर्न चाहाने विद्यार्थिहरुको लागि पालिकाको आर्थिक सहयोगमा वीरेन्द्रनगरमा संचालित एक तयारी कक्षा संन्चालन गर्दै आएको संस्थासंग समन्वय गरेर लोकसेवा तयारी गराउने व्यवस्था गरेको हो।तयारी गर्दा लाग्ने खर्च गाउँपालिकाले व्यहार्नेे र अन्य खर्च स्वंयम आफैले गर्नुपर्ने जानकारी दिएको छ।कार्यक्रमलाई संम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल यसो भन्छन् पचालझरना गाउँपालिकामा गरिवीका कारण अहिलेसम्म देशलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न नसकेकोले यसको सुरुवात गरेको वताए।
दक्ष जनशक्ति उत्पादन नहुदा गाउँपालिकालाई ठुलो घाटा लागेको भन्दै यसको लागि पालिकाले खरिदार तथा नायव सुव्वाको लागि पहिलो चरणमा ३० देखि ४० जनासम्म विद्याथिलाई तयारी गराउने र दास्रो चरणमा प्राविधिक धार तर्फका विद्यार्थि लक्षित कार्यक्रम पनि ल्याउने जानकारी समेत गराए। यस कार्यक्रम मार्फत लाभाम्वित हुने विद्यार्थिले पनि आफ्नो जिम्मेवारी ईमान्दारीताका साथ निभाउनु पर्ने वताए। निरन्तर रुपमा गाउँपालिकाले निरिक्षण समेत गरिने वताए।सोहि कार्यक्रममा वोल्दै प्रदेश सभाकी उप सभामुख पुष्पा घर्तिले कर्णाली प्रदेश मात्र नभएर समग्र देशकै यो नमुना कार्यकम भएकोले यसको सिको समग्र देशले गर्नुपर्ने भन्दै विद्यार्थिले पनि इमान्दार तथा लगनसिल भएर यसको फाइदा लिनुपर्ने वताइन्।
यो एउटा देशकै नमुना कार्यक्रम भएकोले यसले देशका गरिव तथा विपन्न परिवारका विद्यार्थिका लागि एउटा सुनौलो अवसरका रुपमा सावित हुनेमा कुनै दुईमत नरहेको भन्दै विद्यार्थिहरु हर्षित भएका थिए।कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,सभामुख,गाउँपालिकाका स्थानियवासी तथा विद्यार्थिहरुको वाक्लो उपस्थिती रहेको थियो।