बालुवाटारमा एमालेको संसदीय दलको बैठक जारी
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्। पार्टी एकता अभियानमा लागेका गौतम यसअघि कुनैपनि गुटगत भेलामा सहभागी भएका थिएनन्।तर, गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
तर, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने बैठक बहिस्कार गरेको छ। संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको साटो ओलीले बालुवाटारमा राखेर दललाई निजीकरण गर्न खोजेको सो पक्षको आरोप छ । गत फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ।
आजै दिउँसो १ बजेपछि प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।