४० वर्ष भारतीय जेलमा बसेका दुर्गाप्रसाद छुटे
काठमाडौँ,विना सुनुवाई ४१ वर्षदेखि भारतीय जेलमा कैदी जीवन बिताइरहेका इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन्। कोलकतास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना आज जेल मुक्त भएका हुन्।उनलाई लिन दमदम जेलमा भाइ प्रकाशचन्द्र (काकाका छोरा)र विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत पुगे। उनी सन् १९८० मा दार्जेलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए।यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन। उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ।
दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । ‘प्रमाणको नाममा एउटा जाहेरी छ । त्यहाँभन्दा अरू केही प्रमाण देखिँदैन । दाइलाई किन ४१ वर्ष जेल राखियो ? उनका भाइ प्रकाशचन्द्र भन्छन्, ‘मुद्दा नै नभएको अवस्थामा सुनुवाई नगरी राखिएको छ। यो त अनाहकै फसाउन खजिएको हैन।दुर्गाप्रसादको अवस्थाबारे गत मंसिरमा परिवारले जानकारी पाएको थियो। उक्त जानकारीपछि उनका भाइ ९काकाका छोरा० प्रकाशचन्द्रले ११ फागुनमा दाइको रिहाईका लागि कोलकातास्थित उच्च अदालतमा निवेदन थिएका थिए।
अदालतले गत बुधबार दुर्गाप्रसादको दिमागी हातल ठीक नभएको भन्दै तत्काल छाड्न आदेश दिएको थियो।फैसलामा भाइ प्रकाशचन्द्रले नै जिम्मेवारी लिएर लैजानुपर्ने छ। सोहीअनुसार शुक्रबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरे। ‘दाइ छुट्नुभयो। तर, मुद्दा किनारा लागेको छैन । दिमाग ९ वर्षको बालकको जस्तो भएका कारण छाड्ने आदेश दिइएको छ,’ चन्द्रप्रकाश भन्छन्, ‘६–६ महिनामा महावाणिज्य दूतावासमार्फत दाइको अवस्था जानकारी गराइरहनुपर्नेछ।’ दाइलाई लिनआएका प्रकाशचन्द्र जेल पुग्दा निकै भावुक देखिए।‘मेरो दाइलाई जस्तो कसैलाई नपरोस् भक्कानिँदै उनले भने,‘उहाँ आज छुट्नुभयो।
तर,उहाँको जीवन सकियो।’४१ वर्षपछि छुटेका दुर्गाप्रसादलाई मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेतको सहयोगमा आजै नेपाल फर्काइने तयारी भएको छ। ‘महावाणिज्य दूतावासले यसअघि गाडि दिएर नेपाल पुर्याउने प्रतिबद्धता जनाएको थियो । तर, पठाएन । हामी आफैँ जाने तयारीमा छौँ,’ बस्नेतले भने, ‘अदालतसँगको सम्झौतामा महावाणिज्य दूतावासले नै पुर्याउने भनेका थियो।तर, यो प्रतिबद्धता पूरा नगर्ने देखियो।’