वर्तमान नेपालको संविधानमा धेरै कमजोरी छन्ः नेता खड्का
सुर्खेत,नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व गृहमंंन्त्री पुर्ण वहादुर खड्काले नेपालको वर्तमान संविधानमा धेरै कमजोरी रहेको वताएका छन्।सुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगरसंघको आयोजनामा प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई संम्बोधन गर्दै कांग्रेस नेता खड्काले यस्तो वताएका हुन्।मगर समुदायलाई नेपाली कांग्रेसले उपेक्षित गरेको कुरा आफुहरुले शहर्ष स्विकार्नु पर्ने र यसको लागि नेपाली कांग्रेसले नयाँ ढंगले परिमार्जन गर्दै लैजानुपर्ने वताए।नेता खड्काले नेपालका नेकपाहरुको अत्याचार,भष्ट्रचारको कुरा वारम्बार गरेर आफुले कार्यक्रमलाई नै खल्लो नवनाउन चाहेको वताए।कांग्रेस वहुदलमा आधारित संसदिय व्यवस्थालाई मान्दै आएको छ।नेपालको जारी संविधानमा धेरै त्रुटि हुदाहुदै पनि वाध्यतावस् चार दलको सहमतिमा संविधान जारी गरेको जिकिर गरे।
पिछडिएका र सिमान्तकृत समुदायका मागहरु संविधानमा संसोधन गर्दै लिने सहमतिमा संविधान जारी गरिएको थियो।नत्र भने यो संविधान अझै पुर्ण नभएको कुरा आफुले उतिबेलै उठाएको जानकारी दिए।चार दलको सहमतिमा संविधान जारी भएपछी कांग्रेसले पनि सहर्ष स्विकार गर्दै अघि वढेकै वेला नेपालका सम्माननिय प्रधानमंन्त्रीवाट सहमतिका साथ ल्याईएको संविधानमाथी प्रहार भएको दावि गरे।
जसको फलस्वरुप आज देश अनिर्णयको वन्दी भएको वताए।अव आउने १४ औँ महाधिवेशन पश्चात कांग्रेस परिवर्तन र शसक्त भएर आउने जिकिर गरे।कार्यक्रममा वोल्दै नेता खड्काले राजाले राप्रपालाई पालनपोषण गरेको आरोप लगाए।शुशिल कोईरालाले अरुको लहैलहैमा लागेर प्रधानमंन्त्रीको उम्मेरदवारी दिनु ठुलो भुल गरेको र त्यसको आफुले उतिवेलै प्रतिकार समेत गरेको जिकिर गरेका छन्।राष्ट्रिय मगरसंघको आयोजनामा प्रथम कर्णाली प्रदेश ऐतिहासिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सांसदहरु,केन्द्रिय सदस्यहरु,जिल्ला सभापतीहरु तथा कर्णालीका दसओटै जिल्लाका पार्टि प्रतिनिधीहरु तथा मगर समुदायको ठुलो उपस्थिती रहेको थियो।